भारतको मुम्बईबाट नेपालको धनगडी सम्म साइसकलमै आए नेपाली युवा

  • जेठ २३, २०७७
  • कालापानी मिडिया
alt

कृत विष्ट, कैलालीका ८ जना युवा भारतको मुम्बईबाट साईकलमा यात्रा गर्दै धनगढी आई पुगेका छन् । ८ दिन लगाएर उनीहरु साईकल यात्रा गर्दै धनगढी आई पुगेका हुन् । रोजगारीका लागि भारत पसे लगत्तै लकडाउन सुरु भएपछि उनीहरु विभिन्न दुःखहरु भोग्दै घर फर्किएका हुन् । उनीहरु मध्ये ६ जना वडा नम्बर १४ का र एक एक जना वडा नम्बर १५ र १८ का रहेका छन् ।

भारतको महाराष्ट पुगेको केही दिनपछि नै लकडाउन सुरु भएपछि रोजगारी विहीन हुँदा साईकल किन्नका लागि साथीभाईसँग सरसापटी मागेर घर फर्किएको एक जना युवा उपेन्द्र चौधरीले बताए । खान वस्नके समस्या भएपछि त्यहाँको सरकारले कुनै व्यवस्था नगरेपछि आफुहरु फर्किएको उनीहरुको भनाई छ ।
रोजगारीका लागि उनीहरु भारत पसेको १७ दिनमै लडकाउन सुरु भएपछि उनीहरु वेरोजगार भएका थिए । केही दिन भएको पैसा र केही दिन अरुसँग मागेर खाएका उनीहरु त्यसपछि खानका लागि समस्या भएपछि साईकलमै उनीहरु घर पुगेका हुन् ।

वाटोमा जसले जे दियो त्यही खादै आएको अर्का युवा सागर चौधरीले बताए । उनीहरुले साईकलसँगै पम्प पनि सँगै वोकेर वाटोमा हावा भर्दै अआएका छन् । उनीहरुलाई अहिले वडा नम्बर १४ मा रहेको सर्वोदय माविको क्वारेन्टाईनमा राखिएको वडा नम्बर १४ का अध्यक्ष राम बजारी चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved