एकेन्द्र चन्द, डोटी । कोरोना भाइरसको महामारी बाट बच्नको लागि डोटीमा पानी सुरक्षा योजना तथा मर्मत सम्भार कार्ययोजना तयारी तालिम दिइन थालेको छ । बर्खाको समयमा बर्षा भएर पानी फोहर हुने र अहिले कोरोना भाइरसको महामारिले गर्दा मुलुक संकटमा परेको र शुद्धखाने पानीको समस्याले गर्दा कोरोना भाइरसको जोखिम हुने भएकाले लकडाउनमै भएपनी स्थानीयलाई तालिम दिएको बडिकेदार गाउपालिका ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजनाले जनाएको छ ।
बडिकेदार गाउपालिकाको वडा न ५ मा संचालित खानेपानी योजनाहरु सम्पन्न भएर अहिले स्थानीय बासिको घर घरमा खानेपानी को धाराहरु भएपनि खोलाबाट पानी ल्याउनु पर्ने र बर्षात भएपछि भने पानी धमिलो भएर खान समेत नसकिने अबस्था रहेकोले यसले यो महामारिको समयमा झनै जोखिम थप्नेन र स्थानीय बासिलाइ चेतना फैलाउने उदेश्य रहेको पानी सुरक्षा योजना तथा मर्मत सम्भार कार्ययोजना तयारी तालिममा सहजिकरण गरिरहेको सस्था केदार ग्रामीण बिकास समाज नेपाल डोटिले जनाएको छ ।
डोटीको बडिकेदार गाउपालिका वडा न ५ मा पुर्णरुपमा खानेपानीको ब्यवस्था भैसकेको छ एक बर्ष भित्र गाउपालिकाले वडा न ५ मा रहेका सबै स्थानीयको घरघरम खाने पानी पुर्याउने लक्ष्य अनरुप वडा न ५ का सबै ठाउमा खानेपानि पुगेको गाउपालिकाल जनाएको छ । साथै आधारतभुत मर्मत सम्भार सरसफाइ तथा स्वच्छता सम्बन्धि महिला धारा आमा समूहलाई तालिम पनि दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved