कोरोना लक्षण देखिएका कैलालीका ६ जना संक्रमित अस्पताल भर्ना

  • जेठ २६, २०७७
  • कालापानी मिडिया
alt

धनगढी । कोरोना लक्षण देखिएका कैलालीका थप ६ जना संक्रमित सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्। आईतबार धनगढी र गौरीगंगाका ६ जना कोरोना संक्रमितमा लक्षण देखिएपछि अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

शनिबार कोरोना संक्रमण पुष्टि भएका गौरीगंगा नगरपालिकाका १८, २६, २७ र ३३ वर्षीय पुरुषलाई आईसोलेसन वार्डमा भर्ना गरिएको उनले बताए। यस्तै लक्षण देखिएपछि धनगढी उप-महानगरपालिकाका दुईजनालाई पनि आईसोलेसन भर्ना गरिएको हो।

उपमहानगरपालिकाको वडा नम्वर १४ का २२ वर्षीय युवती र २६ वर्षीय युवकमा कोरोनाको लक्षण देखिएपछि आइतबार आइसोलेसन वार्डमा भर्ना गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यसअघि प्रादेशिक अस्पतालले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार लक्षण नभएको भन्दै दुवै संक्रमितलाई क्वारेन्टिनमा बस्नेगरी जेठ २३ गते फिर्ता पठाएको थियो।

स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा लक्षण नभएका र सामान्य लक्षण देखिएका बिरामीलाई होम आइसोलेसनमा राख्ने उल्लेख भएपछि उनीहरुलाई फिर्ता पठाइएको सेती प्रादेशिक अस्पतालले जनाएको थियो।

तर अहिले लक्षण देखिएपछि सोही निर्देशिका अनुसार आइसोलेसनमा भर्ना गरिएको हो। यो सँगै सेती अस्पतालको आईसोलेसन वार्डमा उपचाररत व्यक्तिहरुको संख्या २५ पुगेको छ।

यसअघि १९ जना लक्षण देखिएका संक्रमितको सेतीमै उपचार भईरहेको थियो भने ६ जना लक्षण नदेखिएका संक्रमितलाई नयाँ निर्देशिका अनुसार डिस्चार्ज गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved