प्रदेश १ सरकारले कुल बजेटको २० प्रतिशत स्वास्थ्य र २० प्रतिशत कृषिमा विनियोजन गर्ने

  • असार १, २०७७
  • कालापानी मिडिया
alt

बिराटनगर । प्रदेश १ सरकारले सोमबार आगामी आर्थिक वर्ष २०७७र७८ को लागि बजेट प्रदेशसभामा पेश गर्दैछ। आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट पेश गर्नेछन्।

गत वर्ष ४२ अर्बको बजेट ल्याएको प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा करिब ५ देखि ७ अर्ब घटाएर बजेट ल्याउने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ।

अन्य प्रदेश भन्दा पूँजीगत खर्च धेरै भएको कारण प्रदेश सरकारको नगद मौज्दात कम हुने, प्रदेशको राजश्व प्रभावित भएको र संघीय सरकारबाट प्राप्त हुने बजेट पनि घटेकोले बजेटको आकार घट्ने भएको हो ।

प्रदेश सरकारले ल्याउन लागेको तेस्रो बजेट कोरोना भाइरसको महामारीले पारेको प्रभाव न्युनिकरण गर्ने लक्ष्यसहित स्वास्थ्य, कृषि र रोजगार क्षेत्रमा केन्द्रित हुने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउँदै आएका छन्।

कुल बजेटको २० प्रतिशत स्वास्थ्य र २० प्रतिशत कृषिमा विनियोजन गर्ने तयारी सरकारको छ। स्रोतको संकुचन भएको र केन्द्रबाट प्राप्त हुने बजेट पनि घटेकोले यो वर्ष नयाँ आयोजना धेरै बजेटमा समावेश हुने छैनन्। प्रदेश सरकारले चालु आर्थिक वर्षमा सुरु गरेका वहुवर्षीय आयोजना र मुख्यमन्त्री ग्रामीण सडक योजनाको कामलाई सुनश्चितता दिनेगरी बजेट आउँदैछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved