महानगरपालिकाले जग्गाको मूल्य तोक्यो, कति पर्छ तपाईको जग्गाको भाउ (सूची सहित)

  • असार ११, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं महानरपालिकाले जग्गाको मूल्य र यसमा लाग्ने कर तोकेको छ । महानगरपालिकाले प्रतिआना ५० लाख रुपैयाँ पर्ने जग्गाको भूमिकर ७० रुपैयाँ तोकको हो । महानगरभित्रको मूल सडकको दायाँबायाँको जग्गाको मूल्य महँगो छ भने भित्री जग्गाको मूल्य सस्तो तोकिएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत मह्गो जग्गा को धेरै र सस्तो जग्गाको कम भूमिकर तोकेको छ । महानगरपालिकाले तोकेको नयाँ मूल्य अनुसार केशरमहल, जमल, रानीपोखरी हनुमानढोकासम्मको मूल सडक, माइती घर, सिंहदरवार पश्चिम गेट, पुतली सडक, कृष्ण पाउरोटी, दरवारमार्गलगायतका स्थानका प्रतिआना जग्गाको मूल्य ५० लाख रुपैयाँ तोकिएको छ ।

महानगरले स्थानअनुसार ५०देखि ५ लाख प्रतिआना जग्गाको मूल्य तोकेको हो । काठमाडौं महानगरपालिका वडा-६ र ७ वडाको भित्री जग्गाको मूल्य ५ लाखदेखि २२ लाख रुपैयाँसम्म तोकेको छ । महानगरले वौद्ध तथा पशुपति क्षेत्रभित्र पर्ने भित्री वर्ग नखुलेको जग्गाको मूल्य सस्तो तोकेको हो । महानगरले वर्ग नखुलेका यस्ता जग्गालाई ‘क’ देखि ‘च’वर्गसम्म वर्गीकरण गरेर मूल्य तोकेको हो ।

महानगर यसरी जग्गाको मूल्य तोके पनि अहिले तोकिएकोभन्दा चार गुणा बढी मूल्यसम्म जग्गाको किनबेच भइरहेको छ । महानगरले जग्गाको मूल्यसहित प्रतिआना ७० रुपैयाँदेखि ४० रुपैयाँसम्म प्रतिआना भूमिकर पनि तोकेको छ ।

1 1
2 1 3 4 5 6 7

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved