प्रधानमन्त्री ओलीको अप्रेसन सकियो, केही दिन अस्पतालमै बस्नुपर्ने

  • मंसिर १०, २०७६
  • कालापानी मिडिया
alt

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेशन सकिएको छ । महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेसन गरिएको हो ।

अस्पतालका निर्देशक डा अरुण सायमीले भने, ‘एपेन्डिसाइटिसको सानो अपरेसन भर्खरै सकिएको छ ।’

अप्रेसन गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने छ । तर, कति दिन बस्नुपर्छ भनेर चिकित्सकहरुले यकिनका साथ बताएका छैनन् । प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारसमेत रहेका डा। सायमीले भने, ‘स्वास्थ्यका अरु कुराहरु पनि हेर्नुपर्छ, अहिल्यै भन्न सकिँदैन ।’

पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेशन गरेका हुन् । अस्पताल भर्ना भएपछि उनी मंगलबार सहभागी हुने भनिएका कार्यक्रमहरु प्रभावित भएका छन् ।

१२ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले केही दिनयता चार पटकसम्म डायलासिस गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved