हल्दीबारी गाउँपालिकाका २२ जना जनप्रतिनिधिहरुले गाउँपालिकाका अध्यक्षलाई बुझाए संयुक्त निवेदन

  • साउन १४, २०७७
  • कालापानी मिडिया
alt

झापा ।हल्दीबारी गाउँपालिकाको सातौं गाउँ सभा अधिवेशनको पहिलो बैठकले पारित गरेको बजेट, नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक यथाशीघ्र प्रमाणिकरण गर्न श्रावण-१२ गते हल्दीबारी गाउँपालिकाका २२ जना जनप्रतिनिधिहरुले गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनलाई संयुक्त रुपमा लिखित निवेदन बुझाएका छन् ।
गाउँपालिकाको आर्थिक विधेयक र विनियोजन विधेयक यथाशीघ्र प्रमाणीकरण गरी गाउँपालिकालाई अनिर्णयको बन्दी बनाई नराख्न अनुरोध गर्दै १ नम्बर प्रदेश सरकारद्वारा पारित गाउँ सभा र नगर सभा संचालन कार्यविधि ऐन, २०७५ को दफा ३ को उपदफा ९४० ले दिएको अधिकार प्रयोग गरी नेकपा र नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट संयुक्त रुपमा लिखित अनुरोध गरेको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।
गत असार(१० गते सातौं गाउँ सभा अधिवेशनको पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा चलिरहेको बेला बाहिर भेला भएका व्यक्तिहरुबाट तोडफोड हुँदा गाउँपालिका अध्यक्षले सभा बहिस्कार गरेर निस्किएका थिए भने जम्मा २९ जना जनप्रतिनिधि भएको गाउँ सभामा २२ गाउँ सभा र नगर सभा संचालन कार्यविधि ऐन, २०७५ को दफा १६ को उपदफा ९५० वमोजिम गाउँपालिकाका उपाध्यक्षको अध्यक्षतामा सभालाई निरन्तर संचालन गरी बजेट, नीति तथा कार्यक्रम पारित गरेका थिए।

पहिलो गाउँ सभा बैठकले गरेको निर्णयको विवाद सम्बन्धमा दोस्रो बैठक बोलाएर छलफल गरी समस्याको समाधान खोज्न लिखित अनुरोध गरेको वडा नम्बर १ का वडा अध्यक्ष त्रिलोचन सापकोटाले बताए । गाउँपालिकाको आर्थिक विधेयक र विनियोजन विधेयक हालसम्म पनि प्रमाणिकरण नभएको कारणले सर्वसाधारण आम जनताहरुको कामकाज ठप्प भई जनताहरुलाई सास्ती भएकोले गाउँ सभाको समस्याको समाधान गाउँ सभाकै बैठकबाट खोज्नु पर्ने वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र योङहाङले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved