ख्याल गर्नुस कतै तपाइमा पनि यि लक्षणहरु देखा परेको छ छैन ?

  • पुस ४, २०७६
  • कालापानी मिडिया
alt

व्यस्तताको बावजुद शरीरमा देखापर्ने साना(साना लक्षणहरूलाई बेवास्ता गर्ने गरिन्छ। तर, त्यस्ता साना(साना सङ्केतबाट नै ठूला(ठूला रोगको विकास हुने हो। त्यसैले निम्न लक्षणहरूलाई कहिल्यै पनि बेवास्ता नगर्नुहोस्, किनभने यसले क्यान्सरलाई पनि सङ्केत गरिरहेको हुन सक्छ।

१.मुटु पोलेमा
नियमित रूपमा छातिमा हलुका पोलेको जस्तो हुने र विशेषगरी खाना खाइसकेपछि यस्तो भएमा, भोजननलीको क्यान्सर भएको हुन सक्छ, त्यसैले चिकित्सकलाई देखाउन ढिला नगर्नुहोस्।

२. निप्पलमा परिवर्तन आएमा
जाँच्दा स्तन क्यान्सर भएको छ भनेर थाहा पाउनुभन्दा अगाडि अधिकांश महिलाहरूले आफ्नो स्तनको टुप्पामा परिवर्तन आएको बताउने गर्छन्। त्यसैले यदि तपाईँको स्तनमा अस्वाभाविक परिवर्तन देख्नुभएको छ भने, नहिच्किचाई तुरुन्तै अस्पताल गएर जँचाइहाल्नुहोस्।

३.पीडादायी महिनावारी
महिनावारी हुँदा साविकको भन्दा अत्याधिक पीडा भएमा, अनि धेरै रगत बगेमा होस् पुर्याउनुहोस् है, किनभने यसले पाठेघरको क्यान्सरलाई पनि सङ्केत गरिरहेको हुन सक्छ।

४. स्तन दुखेमा
अकस्मात स्तनको रङ्ग रातो हुने, तातो महशुस हुने, सुन्निने अनि दुखेर शिथिल हुने जस्ता लक्षणले पनि स्तन क्यान्सरलाई सङ्केत गरिरहेको हुन्छ।

५.पेट गडबड भएमा
अधिकांशलाई कलेजोको क्यान्सर हुनुभन्दा अगाडि अत्याधिक पेट दुख्ने लक्षण देखा पर्ने चिकित्सकहरू बताउँछन्। तर भित्रैबाट पेट काटेजस्तो हुने, दिशा गर्न मन लाग्ने तर दिशा नआउने जस्ता लक्षणले ‘कोलोरेक्टल क्यान्सरको सङ्केत गरिरहेको हुन सक्छ।

६. निल्न गाह्रो भएमा
पानी लगायत अन्य खानेकुराहरू निल्न गाह्रो हुनु भोजननलीको क्यान्सर अथवा घाँटीको क्यान्सरका लक्षणहरू हुन्। तर फोक्सोको क्यान्सरको पहिलो चरणको लक्षण पनि यस्तै हुन सक्ने चिकित्सकहरूको भनाइ छ। स्वर बोदो हुने अथवा सुक्ने, केहि कुराले घाँटीलाई अँठ्याएको जस्तो हुने लक्षणले गलगाँडको क्यान्सर हुन सक्ने पनि जनाउँदछ।

७.अण्डकोश सुन्निएमा
अण्डकोशको क्यान्सर हुँदा अण्डकोश सुन्निने गर्छ। यसरी सुन्निँदा अधिकांशलाई दुख्दैन तर कोहि\कोहिलाई दुख्ने पनि गर्छ।

८. धम्की भएमा
लामो स्वास फेर्न गाह्रो हुनु, स्वास लिँदा छाती बज्नु जस्ता लक्षणले फोक्सोको क्यान्सर अथवा घाँटीको क्यान्सरलाई जनाउँदछ। त्यसैले यस्तो लक्षण देखा परेमा तुरुन्तै चिकित्सकसँग सल्लाह लिन जानुहोला।

९.पिसाब फेर्न गाह्रो भएमा
पुरुषहरूमा, पिसाबथैलीको क्यान्सर हुँदा सुरुमा देखिने लक्षण भनेको पिसाब फेर्न गाह्रो हुनु हो। कसै(कसैलाई चाहिँ पिसाब फेर्ने बेलामा अत्याधिक पीडा हुने पनि गर्दछ।

१०.उत्तेजना नभएमा

पिसाबथैलीको क्यान्सरको पहिलो चरणको लक्षण भनेको पिसाब फेर्न गाह्रो हुनु हो। त्यसपछिको दोश्रो चरणको लक्षण भनेको लिङ्ग उत्तेजित नहुनु हो अथवा उत्तेजित भइहालेमा पनि एकैछिनमा शिथिल हुनु हो। त्यसैले होस् गर्नुहोला।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved