लकडाउनमा एक चौथाइ कर्मचारीले रोजगारी गुमाए, सबैभन्दा धेरै होटल क्षेत्रका

  • साउन २२, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलन नदिन गरिएको लकडाउनपछि एक चौथाईले रोजगारी गुमाएको एक अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको (कोभिड-१९)ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन’ अनुसार उद्योगीरव्यावसायीहरूले २२.५ प्रतिशत कर्मचारी र कामदार कटौती गरेका छन् ।

यो सर्वेक्षण ५२ जिल्लाका ६७४ उद्योगीरव्यवसायीमा गरिएको हो । सहभागीहरूले २६ असारदेखि १० साउनबीचमा अनलाइनमार्फत सर्वेक्षण फारम भरेका थिए । अध्ययनअनुसार जागिर गुमाएकामध्ये ७०.६ प्रतिशत अस्थायी तथा करारका कर्मचारीरकामदार छन् ।

होटलका बढी, शिक्षाका कम कटौती

सबैभन्दा बढी अर्थात ४० प्रतिशत भन्दा बढी जागिर गुमाउनेहरू होटल तथा रेष्टुरेन्ट क्षेत्रका छन् । शिक्षा क्षेत्रका भने ६ प्रतिशत भन्दा कम कामदाररकर्मचारी कटौतीमा परेका छन् ।

विद्युत, ग्याँस तथा पानीसँग सम्बन्धित ३९.७१ प्रतिशत, थोक तथा खुद्रा व्यापार र उत्पादनमुलक उद्योगमा कार्यरत एक चौथाई कर्मचारी कटौतीमा परेको देखिन्छ । सञ्चार क्षेत्रका २१. ३१ प्रतिशतले रोजगारी गुमाएका छन् ।

स्वास्थ्य तथा सामाजिक कार्यसँग सम्बन्धित १५ प्रतिशतको जागिर गुमेको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागी उद्योगरव्यवसायहरुले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेको पाइएको छ । तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि छन् ।

कर्मचारीरकामदारलाई प्रदान गर्दै आएको भत्ता तथा अन्य सुविधाहरुमा समेत उल्लेख्य रुपमा कटौती गरेको देखिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘ठूला उद्योगरव्यवसायहरुले अन्यको तुलनामा धेरै प्रतिशत तलब कटौती गरेको देखिएको छ ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved