बिद्यालय खोल्न शिक्षा मन्त्रालयको स्थानीय तहलाई परिपत्र

  • साउन २३, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउन देशभरका सबै स्थानीय तहलाई परिपत्र गरेको छ।

मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले स्थानीय तहलाई विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरण गरेर ६ बुँदे निर्णय कार्यान्वयन गर्न र गराउन परिपत्र गरेको हो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमद्वारा हस्ताक्षरित परिपत्रमा कोभिड-१९ का कारण बन्द रहेका विद्यालयमा जनस्वास्थ्य मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुने गरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्न भनिएको छ।

पत्रमा शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन बाँकी रहेको भए प्रकाशन गर्ने, भदौ १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीहरुको संख्यात्मक विवरण यकिन गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने भनिएको छ।

शिक्षकहरु विद्यालय आउने व्यवस्था मिलाउने, विद्यालय भवन र परिसरमा क्वारेन्टाइन र आइसोलेसन नराख्ने, यस प्रयोजनका लागि प्रयोग भएका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्न बनाउने पनि भनिएको छ।ss

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved