पोखरा प्रिमियर लिगस् आज दुई खेल हुँदै, पहिलो खेलमा पोखरा र बुटवल भिड्ने

  • पुस ४, २०७६
  • कालापानी मिडिया
alt

पोखरा ।

पोखरामा जारी पोखरा प्रिमियर लिगमा आज दुई खेल हुँदै छन्।

आज हुने पहिलो खेलमा शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टन र सोमपाल कामीको कप्तानीमा रहेको बुटवल ब्लास्टर खेल्दैछन्। ३ खेल खेलेर १ खेलमात्र जितेको पोखरालाई आज जित निकाल्नु पर्ने दवाव देखिन्छ। पहिलो खेलमा काठमाडौंलाई हराएको पोखरा दोस्रो खेलमा चितवनसँग र तेस्रो खेलमा बिराटनगरसँग पराजित भएको थियो।

यता बुटवल भने पहिलो खेलमा काठमाडौंलाई सुपरओभरमा हराए पनि दोस्रो खेलमा चितवनसँग पराजित भएको थियो। पहिलो खेल बिहान ९ बजेबाट शुरु भएको छ।

आजै हुने दोस्रो खेलमा एक्सपर्ट धनगढी र चितवन राइनोज खेल्दै छन्। पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज प्रतियोगितामा अपराजित टोली हो। चितवनले पहिलो खेलमा पोखरा र दोस्रो खेलमा बुटवललाई हराएको थियो।

अर्कोतर्फ दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको धनगढीले पहिलो खेलमा बिराटनगरलाई हराए पनि दोस्रो खेलमा काठमाडौंसँग पराजित भएको थियो। दोस्रो खेल दिउँसो पौने १ बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved