जापानी साम्राज्यबादले हमला गरेपछि जब चिनको राष्ट्रियता सँकटमा परेको थियो, माओले देश जोगाउन च्याङ क्याइ सेकसँग हात मिलाएका थिए । भारत, अमेरीका, युरोप र चीनको समेत साम्राज्यबादी चलखेल भएर देश प्रयोगशाला भइरहेको बेला देश जोगाउन नेत्रविक्रम चन्द विप्लवजीले अब पूर्व राजा ज्ञानेन्द्रसँग हात मिलाउनुपर्छ । राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैन । अहिले नेपालको मुख्य दुश्मन भारत, अमेरीका र चीन तिनवटै हुन्, उनीहरुसँग लडन विप्लवजीले वैचारीक रुपमा गौण दुश्मन (अझ भनुँ, देशहितका लागि मित्र नै) पूर्व राजासँग मिलेर सँवैधानिक राजतन्त्र ल्याउनुपर्छ । दश वर्षसम्म सँसदीय राजनीति, राजनीतिक एजेन्डामाथि प्रतिबन्ध लगाइ भ्रष्टाचारी र भ्रष्टाचार सफाया अभियान थाल्नुपर्छ । साँस्कृति क्रान्तिमा पूर्व राजाको सहयोग हुनुपर्छ । २०४६ यता भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएका एक एक नेतालाई धरपकड गरी सर्वस्व हरणसहित आजिवन काराबासमा हाल्नुपर्छ । नागरिक सरकार बनाई देशका अख्तीयार, सेना, प्रहरी, गुप्तचर, अदालत आदि निकायमा व्याप्त दलीय सिण्डीकेट ध्वँश गरी यी निकायलाई शसक्त र बलियो बनाउनुपर्छ । सडकमा थुक्नेसँगसमेत जरीवाना लिनेगरी ल एन्ड अर्डरको कडा परीपाटी बसाउनुपर्छ । सर्वत्र व्याप्त सिण्डीकेट तोडनुपर्छ । निजी स्कूल, कलेज, अस्पताल र निर्माण कम्पनीको राष्ट्रियकरण गरी शिक्षा, स्वास्थ्य निशुल्क गरौं । जग्गा दलाली, ठेक्का पट्टा र निर्माणमा विचौलीया माफीयाको समूल नष्ट गरौं । उद्यमी र व्यापारीलाई बढावा दिएर उत्पादन बढाऔं । किसानको उत्पादन सोझै सरकारले खरिद गरी उपभोक्तासम्म लैजाने फास्ट ट्रयाक पद्धती बसाउँ । नेपालमा उत्पादन हुनसक्ने सारा चिजको आयातमा प्रतिबन्ध लगाउँ । नेकपा, काँग्रेस आदि दलका सारा नेता र कार्यकर्तालाई ध्यान शिविरमा राखी तिन महिने सतसँग र आध्यात्मिक चिन्तन गर्न लगाउँ । उनीहरुमा प्रायश्चीतबोध होस्, उनीहरु परिशुद्ध होउन् अनि मात्र लोकतन्त्रको शुद्ध अभ्यास थालौं । अब कम्तीमा दश वर्ष यो देशमा इमानदार निरँकुश शासक चाहिन्छ । केही समय फेसबुक, यूटयूब, सामाजिक सँजाल बन्द गरे पनि हुन्छ । फेसबुकले खान दिन्छ र ? बेकारमा समय बर्बाद गरिरहेको छ, युवाहरु चारकुने मोबाइलको फ्रेममै घोत्लीएर पागल भइसके, अब त्यो रोक्नुपर्छ । मोबाइलमा झु्ण्डीने युवालाई खेत खन्न पठाउँ, गोर्खे लौरो लगाएर । अनि मात्र देश बन्छ, हैन भने अबको पचास वर्षपछि पनि नेकपा र काँग्रेसका उत्तराधिकारी छौंडाहरुकै रजगज हुनेछ । हामी जनता यो देश सतिले सरापेको हो भन्दै रोइरहनेछौं । लौ पूर्व राजा र विप्लव मिलेर केही हडकम्प मच्चाउ, जनता साथ दिन तयार छन् ।