सामाजिक परम्परागत कुसंस्कारको अन्त्य गर्न बिद्यालयस्तरमा किशोरी रुपान्तरण कक्षा संचालन

  • पुस ९, २०७६
  • कालापानी मिडिया
alt

बझाङ ।
बझाङमा सामाजिक परम्परागत कुसंस्कारको अन्त्य गर्न बिद्यालयस्तरमा किशोरी रुपान्तरण कक्षा संचालन गरिएको छ ।

बिथ्थड चिर गाउपालिका ३ को केदार मध्यमिक विद्यालय खोल्मौर बिथ्थडमा संयुक्त राष्ट्र संघिय जनसङख्या कोषको सहयोग र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बझाङ्गको आयोजनामा हप्ताको एक दिन शुक्रवार कक्षा ९ र १० मा अध्ययनरत किशोरी समुहका छात्राहरुमा कक्षा संचालन गरिएको हो ।

पछिल्लो समयमा उमेर नपुग्दै विवाह गर्ने र केही सामाजिक अज्ञानताका कारण महिला हिंसाको सिकार बन्नु पर्ने बाध्यता किशोरी समुहका महिलाले भोग्दै आएका समस्या बिद्यालय स्तरबाटै समस्याको समाधान गर्न सकिने भएकोले संदेश मुलक किशोरी रुपान्तरण कक्षा संचालन गरिएको विद्यालयले जनाएको छ ।


विद्यार्थीहरुले पनि यस कार्यक्रममा सहभागी भएपछि घरका सदस्यलाई सम्झाउन सकिएको जनाएको छ ।
बझाङमा महिनावारी हुदा दहि दुध खान नदिने चलन तथा अलग्गै सुताउने गरेको मा यतिबेला सफा ओछ्यान र पोशिलो खाना पाउने गरेको उनिहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved