दाङको संस्कृत विद्यालयमा थारु समुदायका बिध्यार्थीको आकर्षण

  • पुस ९, २०७६
  • कालापानी मिडिया
alt

दाङ ।
दाङ जिल्लामा संस्कृत भाषा पढाई हुने एक मात्र विद्यालय हो जनता विद्यापीठ बिजौरी । कक्षा ४ देखि नै संस्कृत शिक्षा पढाई हने यस विद्यालयमा सबैभन्दा बढी थारु समुदायका विद्यार्थीहरु अध्ययन् छन् । आफ्नो भाषा भन्दा संष्कृत भाष पढ्न रमाइलो भएको भन्दै थारु समुदायका बिद्यार्थीहरु यसतर्फ आकर्षित भएका हुन् ।

नेपालको संविधान २०७२ भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३१को उपधारा ५ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानूनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने, त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हकको व्यवस्था छ । २०४७ ले पनि प्राथमिक तहसम्म मातृभाषामै पढ्न पाउने अधिकार सुनिश्चित गरेको थियो । तर अन्य समुदायका विद्यार्थीहरुले भने आफ्नो भाषा पढाईभन्दा संस्कृत पढाई पढ्न तिर बढि ईच्छुक देखिएका छन । यस बिद्यालयमा पनि संष्कृत पढ्नेमा थारु समुदायका विद्यार्थीहरु बढी छन् । उनिहरु संष्कृत भाष पढ्दा रमाइलो लाग्ने बताउछन् ।
बिध्यालयमा नेपाली र संस्कृत भाषाबाट अनुवाद गरेर पढाएदै आएको छ । जहाँ, साहित्यमा पनि छात्रभन्दा छात्राहरुको बढि रुचि देखिन्छ । यता, विद्यालयमा कक्षा १ देखि १० सम्म विद्यार्थीहरुले संस्कृत पढ्ने गरेको भएपनि कक्षा १० पास गरेपछि भने उनिहरुले अन्य विषय पढ्ने गरेका छन् । उसो त, संस्कृत विषय पढ्े बापत विद्यार्थीहरुले मासिक २५० छात्रबृत्ति पाउनेभउकाले पनि बिध्यार्थी संख्या बढेको हो । त्यसैले पाठ्क्रम परिमार्जन गर्नुपर्ने शिक्षकहरु बताउँछन् ।
यता तुलसीपुर उपमहानगरपालिकाले भने विद्यार्थीहरुको रुचि र चहानाको विषय नभएको भन्दै पाठ्यक्रम परिमार्जन गरेर संस्कृत विषयलाई जोगाउनु पर्ने बताएको छ । अहिले जुन परिवारमा संस्कृत बाताबरण छ, त्यो परिवारका विद्यार्थीहरुले मात्र पढ्न सक्ने अवस्था भएकाले सबैको रुची बढाउने विषयमा संस्कृत विश्वविद्यालयले सोच्नु पर्ने उपमहानगरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved