पर्यटन वर्षलाई लक्षित गर्दै इलाममा होम स्टे संचालन

  • पुस ११, २०७६
  • कालापानी मिडिया
alt

इलाम,
नमिन दहाल
इलाममा पर्यटन बर्षलाई लक्षित गरी होमस्टेहरु बन्न थालेका छन् । भ्रमण बर्ष २०२० कालागी होमस्टे संचालनमा सरकारी निकायको सहयोग पाएपछि स्थानियहरुले होमस्टे संचालन गर्न शुरु गरेका हुन् ।
इलामको विकट क्षेत्र मानिएको देउमाई नगरपालिकाको सिद्धथुम्का र सन्दकपुर गाउँपालिकाको जमुनामा होमस्टे संचालनमा आएका छन् । प्रदेश सरकारको ७५ प्रतिशत र २५ प्रतिशत स्थानियको लागतमा मंसिरबाट सिद्धिथुम्काका दश घरमा होमस्टे संचालन भएका छन् । प्रदेश सरकार तथा पर्यटन बोर्डको सहयोग पाएपछि होमस्टेमा सेवा सुविधा विस्तार गरिएको छ । होमस्टे खुलेसँगै पर्यटकहरुलाई आर्कषण बढाउन सुरु गरिएको छ ।
यसअघि जिल्लाको श्रीअन्तु, दोवाटे –चोयाटार क्षेत्रमा होमस्टे दर्ता गरेर सञ्चालन भएका छन् । होमस्टेको सेवाले ग्रामिण तथा स्थानीय स्तरमा स्वरोजगार विकासको अवसर पनि दिएको छ । इलामको सिद्धिथुम्का चुलीबाट सूर्योदय र सूर्यास्तको दृश्यमा आगन्तुकहरुको आर्कषण भएपनि बस्न समस्या भएको थियो । होमस्टे संचालन भएपछी बस्नेको समस्या समाधान हुने भएको छ ।

प्रदेश सरकारको अनुदानलाई प्रभावकारी रुपमा उपयोग गर्नका लागी सरकारले जारी गरेको होमस्टे संचालन कार्यविधी २०६७ अनुसार होमस्टे सन्चालन भएका छन् । होमस्टेमा स्थानिय परिकारलाई पहिलो प्राथमिकतामा राखिएको छ । सुनसान गाउँहरुमा होमस्टे भएपछी आन्तरीक तथा बाह्रीय पर्यटकको चहलपहल बढेको छ । होमस्टेमा आउने पाहुनाहरुको स्वागत, सत्कार, खानपीन, र सांस्कृतिक कार्यक्रमका लागि स्थानीयहरु व्यस्त भएका छन् । होमस्टे संचालनमा आएपछी स्थानीयको जीविकोपार्जनमा समेत टेवा पुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved