आज चीनबाट ९ लाख खाप आइपुग्दै, ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने

  • जेठ १८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । चीनबाट आज कोरोनाविरुद्धको खोप आउँदैछ। चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ८ लाख डोज खोप आज दिउँसो २ बजे नेपाल आइपुग्ने छ। नेपाल वायुसेवा निगमको विमानले ८ लाख खोप नेपाल ल्याउनेछ।

यसैगरी, तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानमार्फत आजै ल्याइने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए।

यो खोप खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले अब आउने खोप प्राथमिकताका आधारमा ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाउने लगाउने तयारी गरेको जानकारी दिएका छन्।

उनका अनुसार खोप प्राप्त हुनासाथ राजधानी उपत्यकासहित यथासक्य छिटो देशभर पुर्याएर लगाउन सुरु गरिनेछ। यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्ष उमेर समूहलाई दिएको थियो।

यही खोपको पहिलो मात्रा लगाएका करिब ९ लाख ज्येष्ठ नागरिकले दोस्रो मात्रा खोप लगाउने समय भएपनि लगाउन पाइएको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved