भिमदत्तमा जैविक मार्गका नाममा अन्धाधुन्ध वन फडानी

  • असार १, २०७८
  • कालापानी मिडिया
alt

पुस्कर भट्ट, कञ्चनपुर । भीमदत्त नगरपालिकाले नगरको उत्तरी क्षेत्रमा निर्माण गरिरहेको ‘जैविक मार्ग’मा गैरकानूनी रुपमा रुख काट्ने र काठ तस्करी गर्ने गरेको खुलासा भएको छ।

420

भीमदत्त नगरपालिका -९ मटेनामा तीन वर्षअघि वातावरणीय प्रभाव मूल्यांकलन नगरी यो मार्गको ट्रयाक खोल्दा सयौंको संख्यामा रुख र बुट्यान काटेर बेपत्ता पारिएको आवाज उठेको थियो । जनस्तरमा व्यापक आवाज उठदा जिल्ला वन डिभिजन कार्यालय कञ्चनपुर मुकदर्शक बनेर बस्यो । वन कार्यालयको मौनताले नगरपालिका र वन कार्यालयको मिलेमतोमै रुख फडानी भएको हो कि भन्ने शंका जन्माएको छ ।

fadani

वन कार्यालयकै आँखाअघि भएको वन फडानीबारे अहिलेसम्म कार्यालयका प्रमुख एवं डीएफओ अजय मानन्धर केही बोल्दैनन् । उनले यसमा प्रतिक्रिया दिन आवश्यकसम्म ठान्दैनन् । उनको यहि बानीले शंकामाथि शंका उब्जाएको छ । कतै उनले आँखा छोपेकै कारण अन्धाधुन्ध वन फाँडिएको त हैन ? अहिले जैविक मार्गकोबीचमा रहेका सयौं वयस्क सालका रुख ढालेको देखिन्छ भने राति ट्रकमा अन्तै ओसार्ने गरेको स्थानीय बताउछन् ।

sal

यो मार्गमा रहेका रुख छपान र कटानको प्रक्रिया नै पूरा नगरी भीमदत्त नगरपालिकाको निर्णयका आधारमा वयस्क सालका रुख काट्ने काम भएको पाइएको छ । वन डिभिजन प्रमुख अजय मानन्धर आफुले यो मार्गमा रुख काट्ने अनुमती नदिएको बताएका छन् । तर, वन डिभिजनले समेत प्रक्रिया नपुगि भइरहेको फडानीलाई रोक्ने आँट पनि गरेको छैन । उता, प्रदेश वन मन्त्रालयले भने प्रक्रिया नपुगि रुख काट्ने र कटाउनेलाई कारबाही गर्ने जनाएको छ ।

news

भीमदत्त नगरपालिका-९ मटेनामा निर्माण भइरहेको जैविक मार्गमा रहेका सालका रुखहरु कटानी भएको पाइएको हो । अहिलेसम्म १ दर्जन बढी ठूला रुख काटिएका छन् । काटिएका रुखको केही काठ जिल्ला वन डिभिजनमा ल्याइए पनि बाँकी काठ भने बेपत्ता पारिएको स्थानीय वासिन्दाको दावी छ ।

rukh

वेदकोट नगरपालिकाको सीमाबाट भीमदत्त नगरपालिकाको ब्रह्मदेवसम्म १५ किलोमिटर लामो जैविक मार्गका बीचमा रहेका १ सय २५ सालका रुख काट्ने भनेर नगरपालिकाले गएको नगरसभामा निर्णय गरेको थियो । जिल्ला वन डिभिजनले त्यहि निर्णयलाई आधार मानेर अन्य कुनै प्रक्रियामा नगई रुख काट्न सहमति दिएको पाइएको छ ।

katani

नगरपालिकाको निर्णयलाई मात्रै आधार मानेर वन डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजय मानन्धरले कानून विपरीत रुखहरु काट्ने आदेश दिएका छन् । ‘व्यवहारिकता मिलाउन’ वन ऐनअनुसार नभई नगरपालिकाको निर्णयका आधारमा कटानी गर्न दिइएको उनले स्वीकार गरेका छन् । कानून अनुसार जस्तोसुकै विकास कार्यका लागि पनि वन क्षेत्रका रुख काट्दा वातावरणीय मूल्यांकनका आधारमा छपान गर्नुपर्ने हुन्छ । तर वन डिभिजन प्रमुख मानन्धरले ब्रम्हदेव रेञ्जपोष्टलाई मौखिक रुपमा कटान गर्न दिनु भन्ने आदेश दिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved