रुपन्देही,
रुपन्देहीको देवदह नगरपालिका ६ सरहनटाँडीले तरकारी खेतीमा बेग्लै पहिचान बनाएको छ । तर, गाडी लिएर घरघरमा तरकारी लिने व्यापारीहरुले उचित मुल्य नदिएपछि पनि किसान चिन्तित बनेका छन् ।
दिनभरी किसानले उत्पादन गरेका तरकारी संकलन गर्न घर घरमै मालवाहक जीप लिएर तरकारी व्यपाारीहरु पुग्छन् । हातहातमै पैसा गनेर दिंदा कृषकहरु सन्तुष्ट हुनुपर्नेमा उनीहरुको मुहार निन्याउरो देखिन्छ । कारण हो आफ्नो उत्पादनको न्यून मूल्य पाउनु । सरहनटाँडीका कृषकहरु एकजुट नहुँदा त्यसको फाइदा तरकारी बिचौलियाहरुले लिंदै आएका छन् । अहिले सरहनटाँडीमा लटरम्म सिमी फलेको छ । गाउँमा रहेको करिब १ सय घर परिवारले मिलेर ४२ बिगाह बढी जग्गामा सिमी खेती गरेका छन् । घरमै आउने बिचौलियाहरुले उनीहरुबाट ३० रुपैयाँ प्रतिकिलोका दरले सिमी खरीद गरी बजार पु¥याउछन्, त्यही सिमी उपभोक्ताको हातमा आइपर्दा १ सय २० रुपैयाँप्रतिकिलो हुने गरेको छ ।
मौषम अनुकुल हुने तरकारीखेती र पशुपालन समेत गर्दै आएका सरहनटाँडीका कृषकहरुले जे बाली लगाउँदा पनि संयुक्त रुपमा लगाउने गरेका छन् । बिषादी रहित भएका कारण देवदहमा होइन जिल्लामै यसको उत्पादनहरुको माग बढ्दो रहेको किसानहरु बताउँछ ।
यता, नगरपािलकाले पनि कृषकहरु एकजुट भएर सरहनटाँडीलाई तरकारीको पकेट क्षेत्र बनाए त्यसमा नगरपालिकाले नै लगानी गर्ने जनाएको छ ।
सरहनटाँडीका कृषकहरु बिचौलियाको सिण्डीकेट तोड्न गरेको प्रयास पनि उनीहरु एकजुट नभएकै कारण असफल भएको छ । सरहनकाली सहकारी दर्ता गरी सोहीमार्फत तरकारी संकलन केन्द्र बनाए पनि बिचौलियाहरुले कृषकलाई बढी रकमको प्रलोभनमा पारेको कृषकहरुको गुनासो छ । देवदह नगरपालिकाले अगाडी यस अघि पनि विभिन्न अनुदान तथा सुविधाहरु दिएको नगरपालिकाको कृषि शाखाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved