कञ्चनपुरमा अवैध सालको काठ सहित दुई जना पक्राउ पक्राउ

  • पुस २३, २०७६
  • कालापानी मिडिया
alt

कञ्चनपुरमा अवैध सालको काठ सहित दुई जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ३ वाणीबाट समावेशी सामुदायिक वनका उपाध्यक्ष नरेन्द्र बिष्ट र शिखरधुरा फर्निचर उद्योगका सञ्चालक जनकराज जोशी पक्राउ परेका हुन्।

सामुदायिक वनका अध्यक्ष र उपाध्यक्ष मिलेर व्यक्तिगत प्रयोजनका लागि टाँचा नलागाएको काठ फर्निचर उद्योगमा पु¥याईएको गोप्य सूचनाका आधारमा मंगलबार राती उनीहरुलाई ३७ क्युफिट काठ सहित पक्राउ गरीएकोे सवडिभिजन वन कार्यालय वाणीले जनाएको छ।

सवडिभिजन वन कार्यालयकी प्रमुख सलिना कडालले कटानी आदेश विना काँचो काठ काटिएको फेला परेकाले उनीरुहलाई पक्राउ गरीएपनि अध्यक्ष हरीराम चौधरी फरार रहेको बताईन्। उनको खोजी कार्य जारी राखिएको छ।

काठ वन डिभिजन वन कार्यालयमा बुझाएर मुद्दा दर्ता गरी अनुसन्धान थालिने उनले जानकारी दिईन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved