अवैध उत्खननको विरोध गर्ने युवा टिपरको ठक्करबाट मारिए

  • पुस २५, २०७६
  • कालापानी मिडिया
alt

धनुषामा अवैध उत्खननको विरोध गर्दै आएका एक युवकको टिपरको ठक्करबाट मृत्यु भएको छ। मिथिला नगरपालिक ५ श्रीपुर घर भएका २४ वर्षीय ओमप्रकाश भनिने दिलिपकुमार महतोको ना ७ ख ६४१३ नम्बरको टिपरले ठक्कर दिएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय, ढल्केबरका इन्सपेक्टर रामकुमार यादवले जानकारी दिए।

टिपरले सुनियोजित ढंगले हत्या गरेको प्रारम्भिक रुपमा देखिएको छ, थप अनुसन्धान गर्दैछौंू, इन्सपेक्टर यादवले भने,राजमार्गमा आन्दोलन भइरहेको छ। नियन्त्रणको प्रयासमा छौं। टिपरले किचेर हत्या गरेको भन्दै आक्रोशित स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन।

उनीहरुले ढल्केबर र मिथिला नगरक्षेत्रमा नाराबाजी तथा प्रदर्शन गरिरहेका छन्। साथीसँग मर्निङवाक गएको समयमा टिपरले महतोको हत्या गरेको भन्दै उनीहरुले राजमार्ग अबरुद्ध गरेका छन्। महतोले आफ्नो घर नजिकैको औरही खोलामा भइरहेको गिट्टीबालुवा उत्खननको केहि समयदेखि विरोध गर्दै आएको प्रहरीले बताएको छ। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिईएको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved