पर्सामा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो

  • पुस २९, २०७६
  • कालापानी मिडिया
alt

पर्सा,

नेपालको कानुनले महिलालाई गर्भपतनको कानुनी अधिकार केही निश्चित सीमा तोकेर दिएको छ । तर पर्सा जिल्लामा कानुनी दायरा नाघेर असुरक्षित तवरले गर्भपतन गराउने प्रवृत्ति बढेको छ । वीरगञ्ज नारायणी अस्पतालमा छोरा जन्मनु भन्दा छारी को सख्यामा कमी आएको छ भने ऐकर्तफ वीरगञ्ज महानगरपालिकाको तथ्याङ्कले गर्भपतन गराउन सख्या बढदै गइराहेको छ ।
प्रदेश नं. २ का मुख्यमन्त्रीले “बेटी पढाउ बेटी बचाउ” अभियान अन्तर्गत छोरी बीमा कार्यक्रम अभियान चलाएता पनि छारी प्रति अक्रसित हुन सकेको छिन । छोरी जन्मयो भने दाईजो दिनु पर्ने प्रथा रहेकोले छारी जन्मनुमा कमी आएको छ । गर्भमा रहेको भू्रण लिंगको परीक्षण गरी छोरी देखिएको अवस्थामा गरिने गर्भपतन अहिले बढदै गएको छ तर तेसको असर छोरी जन्मनुमा परेको छ । नारायणी अस्पतालको तथ्याङ्क अनुसार गत अर्थिक बर्ष २०७५÷०७६ सम्ममा ७ हजार ९ सय ८९ बच्चा जन्मेको छ । जसमधे ४ हजार २ सय ३२ छारा छ भने ३ हजार ७ सय २७ छारी जन्मेको रहेको छ । महिनामा ६ सयको हाराहरीमा बच्चा जन्मिनछ तर छारीको सख्या चहि कम रहेको बताउछीन नारायणी अस्पतालकी र्नसिङ्ग अधकृत सुरुती शाहको भनाइ छ ।

गर्भपतन गराउने प्रवृत्ति दिन प्रतिदिन बढदै गएको छ र त्यो पनि कानुनसम्मत होइन, असुरक्षित र अवैध ढंगबाट । कानुनले गर्भपतनको केही अधिकार महिलालाई दिए पनि गर्भमा रहेको भू्रणको लिंग पहिचान गर्ने अधिकार दिएको छैन । लुकीछिपी गर्भपतन गराउनुपर्ने वा गर्भ तुहाउन विभिन्न औषधिको सेवन गर्नुपर्ने अवस्था रहेको छ । गर्भमा रहेका भू्रणको लिङ्ग पहिचान गरी छोरी भएको अवस्थामा बढिजसोे गर्भपतन गराउँदै छन् । असुरक्षित र अवैध गर्भपतनलाई कतिपय चिकित्सकहरूले कमाउने धन्दा बनाएका गर्भपतन गराही रहेका छन् ।
महिलाले चाहेमा गर्भ रहेको १२ हप्ताभित्र गर्भपतन गराउन सक्छन ्। वीरगञ्ज महानारपालिको स्वस्थ्य तथा सामाजिक विकास महाशाखाका तथ्याङ्क अनुसार २०७५÷०७६ सम्ममा १ हजार ७ सय १८ जनाले गर्भपतन गराएका छन् । मेरी स्टोप , जन कलयाण ,ओम हस्पताल ,आशाराम ,भवानी र नारायणीबाट गर्भपतन गराऐको छ । गर्भपतन गराउने बढीजसो महिला १६ देखि २५ वर्षसम्मका हुन्छन् । जो गोप्य रूपमा गर्भपतन चाहन्छन् । तर जनचेतना नभएकोले असुरक्षित र अवैध गर्भपतन गराईरहेको बताउछन वीरगञ्ज महानारपालि स्वस्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख अरुण कुमार महतोले बताए ।

गर्भमा रहेका भू्रणको लिंग पहिचान गरी गर्भपतन गराउनु कानुनतः अपराध हो तर लचिलो कानुनको नाजायज फाइदा उठाउँदै गर्भपतन गर्ने प्रवृत्ति बढ्दै गएको छ, जुन निकै चिन्ताको विषय रहेको छ । सरकारले गर्भपतनको कानुनी अधिकार र यसको सीमाबारे जनचेतना जगाउनु आवश्यक छ । वंश वृद्धि, उत्तराधिकार छोरालाई मात्रै देख्ने र छोरीलाई अर्काको धन मान्ने परम्परागत सोच भएकाहरूले जसरी भू्रणको लिंग पहिचान गर्दै गर्भपतनलाई बढावा दिएका छन तिनलाई दण्डित गरिनु आवश्यक छ । तसर्थ कानुनी कारबाही प्रक्रियामा ल्याउनु जरुरी छ अनि मात्रै असुरक्षित गर्भपतन गराउने प्रवृत्ति निरुत्साहित हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved