गर्भ तुहिएका महिलामा लामो समयसम्म पोस्ट–ट्रम्याटिक स्ट्रेस कायम

  • माघ २, २०७६
  • कालापानी मिडिया
alt

गर्भावस्थाको सुरुवाति चरणमा शिशु गुमाएका अर्थात गर्भ तुहिने समस्या भोगेका महिलामा लामो समयसम्म पोस्ट–ट्रम्याटिक स्ट्रेसको समस्या कायम रहने एक अध्ययनले देखाएको छ। बेलायतमा भएको अध्ययन अनुसार गर्भ तुहिने समस्याबाट गुज्रिएका ६ मध्ये एक महिलामा लामो समयसम्म पोस्ट–ट्रम्याटिक स्ट्रेस डिसअडरका लक्षणहरु देखिन्छ। गर्भ तुहिएपछि महिलाहरुलाई अधिक सावधी र विशेष ख्याल गरिनु पर्ने अनुसन्धानकर्ताले बताएका छन।

यस्तै गर्भाशय भन्दा बाहिर शिशु बसेका गर्भवती महिलालाई पनि विशेष ख्याल चाहिने अनुसन्धानकर्ताले उल्लेख गरेका छन। गर्भ तुहिएका महिलामा पेनिक अट्याक तथा एन्जाइटीसहितका समस्या देखिने गर्छ। इम्पेरियल कलेज लण्डन र बेल्जियमको केयु लेउवेनका अनुसन्धानकर्ताले ६५० महिलामा अनुसन्धान गरेका हुन् । गर्भ तुहिएको एक महिनापछि २९ प्रतिशतमा पोस्ट–ट्रम्याटिक स्ट्रेसको लक्षण देखिएको थियो।

९ महिनापछि त्यो १८ प्रतिशतमा घटेको देखियो। अनुसन्धानमा सहभागी भएका अधिकांश महिलाको गर्भ १२ हप्ता भन्दा पहिले नै तुहिएको थियो भने केही महिलाको गर्भ गर्भाशय भन्दा बाहिर बसेको थियो। गर्भ तुहिएको एक महिनापछि २४ प्रतिशतमा एन्जाइटी तथा ११ प्रतिशतमा डिप्रेसनको लक्षण देखिएको थियो। ९ महिनापछि त्यो क्रमशः १७ र ६ प्रतिशतमा आएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved