काठमाण्डाै । बुधबार एकै दिन सुनको मूल्य ५०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुन तोलामा ५०० रुपैयाँले घट्दै ९२ हजार ३०० रुपैयाँमा झरेको हो ।
गत मंगलबार सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै घट्दै ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तर, यता चाँदीको मूल्यमा भने स्थिरता कायम हुँदै आज प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved