त्रिविको ४७औँ दीक्षान्त समारोह आज, २९ हजार दीक्षित हुँदै

  • पुस ५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमार्फत आज २९ हजारभन्दा धेरै विद्यार्थी दिक्षित हुँदैछन्।
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा हुने समारोहमा २९ हजार ७२९ जना विद्यार्थी दीक्षित हुने भएका हुन्। समारोह बल्खुस्थित परीक्षा नियन्त्रणको कार्यलयमा बिहान ११ बजेपछि सुरू हुनेछ। त्रिवि ६२ औं वार्षिक दिवसका अवसरमा आयोजना गरिएको बैठकले ५९ औं ग्रेस लिष्ट पारित गरी विद्यार्थीलाई दीक्षित गर्ने निर्णय गरेको हो।

२०७७ असार १ देखि २०७८ जेठ मसान्तसम्म तोकिएका सम्पूर्ण मापदण्ड पूरा गरी ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थी दीक्षित हुन लागेका हुन्। चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत १ हजार ३४०, इन्जियरिङ अध्ययन संस्थान अन्तर्गत ८२६, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत २ हजार ९७४, कृषि र पशुविज्ञान अध्ययन संस्थान अन्तर्गत ४६२, वन विज्ञान अध्ययन संस्थान अन्तर्गत २७९ व्यवस्थापन संकाय अन्तर्गत ८ हजार ३४३, शिक्षाशास्त्र संकाय अन्र्तगत ७ हजार ११८, मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत ७ हजार ५०७ र कानुन संकाय अन्तर्गत ८८० दीक्षित हुने त्रिविले जनाएको छ।
सहभागी २९ हजार ७२९ मध्ये साधारणतर्फ २३ हजार ८४८ र प्राविधिक शिक्षातर्फ ५ हजार ८८१ विद्यार्थी रहेको छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved