सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको नेतृत्व फेरी कांग्रेसले पाउने संकेत

  • माघ १२, २०७६
  • कालापानी मिडिया
alt

कैलाली । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको नेतृत्व फेरी नेपाली कांग्रेस निकट व्यक्तिले नै पाउने संकेत देखिएका छन्। विश्वविद्यालयका पदाधिकारीमा विगतदेखि हुदै आएको भागबण्डाको आधारमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी कांग्रेसलाई नै दिने सहमती जुटिसकेको स्रोतलाई उदृत गर्दै अनलाईन खबरले समाचार प्रकाशित गरेको छ।

विश्वविद्यालय पदाधिकारीमा भागवण्डा, कांग्रेसको प्रतिनिधित्व गराउने ओलीको आश्वासन शिर्षकको समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयमा कांग्रेसको पनि प्रतिनिधित्व गराउने आश्वासन दिएको उल्लेख छ भने सुदूरपश्चिमाञ्चलको यसअघि नै दिने कुरा भएको भनिएको छ।

यसअघि पनि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भागबण्डाका आधारमा पदाधिकारी नियुक्त भएका थिए। उपकुलपतिमा नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा निकट मानिएकी डाक्टर भूषण श्रेष्ठ र रजिष्टारमा तत्कालीन एमाले निकट द्धिजराज भट्टले पाएका थिए।

तत्कालीन उपकुलपति श्रेष्ठ र रजिस्टार भट्टको कार्यशैलीप्रति असन्तुष्टी बढेपछि प्रधानमन्त्री कार्यालयले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम उनिहरुलाई जिम्मेवारीबाट पदमुक्त गरी गत चैत २७ गते विश्वविद्यालयकै विज्ञान तथा प्रविधि सङ्कायका डिन प्राडा पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा सङ्कायका डिन डा।गोविन्द विष्टलाई रजिस्ट्रारको जिम्मेवारी तोकेको छ।

सोही विषयलाई लिएर साढे नौ महिनादेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेविसंघले लगाएको तालाबन्दी शनिबारदेखि खुलेको छ। लामो समयदेखि नेविसंघले गरेको तालाबन्दी शनिबार खुल्नलाई विश्वविद्यालयको पदाधिकारीमा भागबण्डा मिलिसकेको रुपमा विश्लेषण गरिन थालेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved