नोबेलको आन्दोलन स्थगित गर्न स्थानीय प्रशासनको निर्देशन, विद्यार्थीले नमान्ने

  • माघ १०, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । नोबेल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क मिनाहाको माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनहरुलाई जिल्ला प्रशासन कार्यालय मोरङले आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतबार उक्त निर्देशन जारी गरेका हुन् । ‘उपरोक्त विषयमा चालू आ.ब.मा एमबिबिएस मा भर्ना हुने विद्यार्थीहरुलाई नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगबाट निर्धारण भएको भन्दा बढी रकम लिएको विषयमा अनुसन्धान गरी कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढिसकेको छ,’ उक्त निर्देशनमा भनिएको छ, ‘कोभिड १९ को तेस्रो भेरियन्ट ओमिक्रोनका कारण मोरङमा कोभिडको संक्रमण अत्याधिक बढेको, यस्तो अवस्थामा आन्दोलन गर्दा यसबाट कोभिड संक्रमणको जोखिम झन् बढ्न जाने देखिएकोले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिदिन अनुरोध छ ।’

जिल्ला प्रशासन कार्यालयले उक्त निर्देशन आन्दोलनरत विभिन्न विद्यार्थी संगठनहरुलाई दिएको हो । प्रजिअ दाहालले गृहमन्त्रालय, चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयलाई पनि उक्त परिपत्र बोधार्थ दिएका छन् ।

यता विद्यार्थी संगठनका नेताहरुले भने सुनिल शर्मालाई कारबाही नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् । ‘जबसम्म मेडिकल माफियालाई कारबाही हुन्न, विद्यार्थीले न्याय पाउँदैनन्, तबसम्म आन्दोलन जारी रहन्छ,’ विद्यार्थी नेता ओसिम आलमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved