इटहरी । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा सामान्य सुधार आएको जनाएको छ । विभागका अनुसार मौसममा आजदेखि सामान्य सुधार भए पनि आउँदो तीन दिनसम्म देशभरको मौसम पूर्ण रूपमा सफा हुने सम्भावना भने छैन ।
पश्चिमी न्यूनचापीय प्रणालीको असर कायमै रहेकोले देशैभरि बद्लीको सम्भावना रहेको तर सोमबारको तुलनामा मङ्गलबार (आज) मौसम केही सुधार हुने मौसमविद् सजिना शाक्यले बताइन् ।
आज पहाडी भेगमा बिहानीपख केही बेर घाम लाग्ने तर दिउँसोपछि पुनः बादल लाग्ने सम्भावना रहेको उनको भनाइ छ । आज पहाडी केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको पनि सम्भावना छ ।
तराईका जिल्लामा भने अहिले धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोपख हुस्सु हट्न थाल्ने तर बेलुकीपख फेरि बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved