मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

  • माघ १३, २०७८
  • कालापानी मिडिया
alt

सप्तरी / विवादास्पद अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै सप्तरीमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाइएको छ । 

मानवअधिकारसम्बन्धी मान्यताको खिल्ली उडाएको भन्दै मन्त्रीको गृहजिल्लाका सभासद रञ्जीत कर्णले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाएका हुन् ।

मन्त्रीले हालै रौतहटमा दिएको अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन उनले अनुरोध गरेका छन् ।

हामी लोकतन्त्रमा विश्वास गर्ने, बिमति राख्नेलाई सम्मानपूर्वक आफ्ना विचारलाई सही दिशामा अगाडि बढाउँदै जनमत निर्माण गरी आफू सही रहेको र विमतिलाई सहमतिमा परिवर्तन गर्नेमा विश्वास गर्ने भएकाले राजनीतिमा अपराधको ठाउँ नहुनेमा विश्वास गर्ने भएकाले आफ्नो जिम्मेवारी र जनताप्रतिको दायित्व सम्झी यो ज्ञापन बुझाइएको सभासद कर्णले बताएका छन् ।

५ माघमा रौतहटमा आयोजित मधेस बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने धम्की दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved