हाड्रोपावरको सुरुङभित्र वेपत्ता कामदारको शव तीन दिनपछि भेटियो

  • माघ १६, २०७८
  • कालापानी मिडिया
alt

सोलुखुम्बु । सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ वेपत्ता कामदारको शव तीन दिनपछि भेटिएको छ । निर्माणाधीन ८६ मेगावाटको उक्त हाइड्रोपावरको सुरुङमा गत बिहीवारदेखि वेपत्ता बाराको कोलभी नगरपालिका-१ का २४ वर्षीय राकेश चौधरीको शव शनिबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार नेपाल प्रहरी, नेपाली सेना रर हाड्रोपावरका कर्मचारीहरुको तीन दिन देखिएको सकृयतापछि शनिबार दिउँसो करिब १६० मिटर तल शव भेटिएको हो । शवको उद्धार पश्चात कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको छ ।

विहीबार विहान अन्दाजी ५ बजे सुरुङ मार्गमा जाने क्रममा बकेट चुँडिदा हाड्रोपावरका कामदार चौधरी बेपत्ता भएका थिए भने अर्का कामदार पर्साको पटेरवा गाउँपालिका-४ का २० वर्षीय अंगत राय थारु घाईते भएका थिए ।

घाइतेको काठमाडौंमा रहेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ । थुलुङ दूधकोशी गाउँपालिका-३ पञ्चनमा निर्माणाधीन यस हाइड्रोपावरमा करिब एक महिनाको अवधिमा ३ जनाले ज्यान गुमाएका छन् । यसअघि गएको पुस ११ गते पानी परीक्षणका क्रममा पाइप विस्फोट हुँदा दुई इन्जिनियरको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved