एकसाता देखि फैलिएको रुघाखोकी र भाईरल ज्वरोका कारण बाजुरामा दुईजनाको मृत्यु

  • माघ २६, २०७६
  • कालापानी मिडिया
alt


मदन बिक
२६ माघ,बाजुरा । बाजुराकोे स्वामीकार्तिक र हिमाली गाउँपालिकामा एकसाता देखि फैलिएको रुघाखोकी र भाईरल ज्वरोका कारण दुईजनाको मृत्यु भएको छ ।चिसोका कारण फैलदै गएको भाईरल ज्वरोका कारण स्वामीकार्तिक खापर गाउँपालिका १ साप्पाटाका ९० वर्षिया दलबहादुर रावल र सोही गाउँकी ५५ वर्षिया प्रमिला कडाराको मृत्यु भएको हो ।

प्रभावित क्षेत्रमा अहिलेसम्म ५ सय बढीको उपचार भईसकेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेपछि विरामीहरुको संख्यामा कमि आएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख रामचन्द्र यादवले बताएका हुन् ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला अस्पतालबाट डाक्टर राजुराज जैशी सहित स्वास्थ्यकर्मीहरुको टोलीले प्रभावित क्षेत्रमा पुगेर विरामीहरुको स्वास्थ्य जाँच गरी औषधी उपचार गरेका थिए । रोगको संक्रमण फैलिएको र केही दिनसम्म यसको असर अझै बाँकी रहने भएकाले स्थानीयहरुलाई सजक हुन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । चिसो बढेका कारण रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने लगायत समस्या भएकाले चिसोबाट सुरक्षित रहन चिकित्सकले आग्रह गरेका छन् ।।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved