सौर्य एयरलायन्सले उडानको संख्यामा वृद्धि

  • फागुन ७, २०७८
  • कालापानी मिडिया
alt

इटहरी,  कोरोना भाइरसको तेस्रो भेरियन्ट कारण हवाई सेवा प्रदायक कम्पनीहरुले कटौती गरेकाविभिन्न रुटमा सञ्चालन हुदै आएको उडानलाइ थप गर्न थालेका छन ।

   कोरोनाकाकारण चौतर्फी असर परिरहेको समयमा हवाई सेवा प्रदायक कम्पनीहरुले समेत यात्रुको चाप घटेसंगै उडान तालिका घटाएका थिए ।

   संक्रमणको दर घट्न थाले संगै जनजिवन केही सामान्य बनेको कुरा लाइ मध्यजनर गर्दै हवाई सेवा प्रदायक कम्पनीहरुले उडान तालिकाहरु थप गरेर यात्रुहरुले सेवा दिन थालेकाहुन । 

यस क्रममा सौर्य एयरलायन्सले बम्बारडियर कम्पनीको सीआरजे २०० जहाज मार्फत गर्दै आएको उडानको संख्यालाइ वृद्धि गरेको छ ।

कोरोना काकारण यात्रुहरुको चापपनि घटेको साथै स्वास्थ्य सुरक्षाका दृष्टिकोणले समेत उडान घटाएकोमा संक्रमण न्युनबन्दै गएको  सामान्य बनेपछि उडान तालिका थप गरिएको समेत सौर्य एयर लायन्सका माकेटिङ प्रमुख मुकेश खनालले जानकारी दिनुभयो ।

 सौर्य एयरलायन्सले शनिवारबाट विभिन्न रुटको उडान तालिका परिवर्तन गरी थप गरेको पछि विराटनगर काठमाडौं रुटमा दैनिक तीन वटा उडान प्रारम्भ गरेको सौर्यका बिराटनगर स्टेशन प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो । भएको छ । त्यसै गरी काठमाडौं – भद्रपुर– काठमाडौं, काठमाडौं –भैरहवा– काठमाडौं र काठमाडौं –धनगढी– काठमाडौंको नियमित उडान पनि हाललाइ दुइ दुइ वटा बनाएको छ । जेट इन्जिन भएका कारण अन्य जहाज भन्दा कम समयमा नै यात्रागर्न सकिने सौर्य एयरलायन्सले निकट भविष्यमा नै काठमाडौं –नेपालगंज– काठमाडौंको उडान समेत सुरु गर्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved