बुटवल । रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई स्कुले बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ । बिहीबार बिहान विद्यालय जान घरबाट निस्केका उनीहरूलाई आफ्नै फुपाजुले फोटो खिच्ने बहानामा अपहरण गरेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान ९ बजेदेखि सम्पर्कविहीन भएका सैनामैना नगरपालिका–६ बस्ने पुष्पा दाहालकी छोरी र छोरालाई शुक्रबार दिउँसो झापाको बिर्तामोडबाट उद्धार गरिएको हो । घटनामा संलग्न अभियुक्त खिमबहादुर पौडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उद्धारपछि प्रहरीको संरक्षणमा रहेका बालबालिका र अभियुक्त पौडेललाई रुपन्देही ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।सैनामैना–५ घमाहा खोला बस्ने खिमबहादुरसँग पारिवारिक विवाद भएका कारण उनले नै अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved