धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालक

  • फागुन ८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नाका साथै अन्यको पनि खारेज हुने चेतावनी दिएसँग अहिले क्यासिनो सञ्चालकले धामाधम रोयल्टी तिर्न थालेका छन् । पर्यटन विभागका अनुसार हाल सम्म कम्तीमा पनि १७ कम्पनीले रोयल्टी तिर्नु पर्ने बक्यौता बुझाएका छन् । सेन्ट्रल मिडिया प्रालिले रु पाँच करोडमध्ये चार करोड बक्यौता बुझाएसँगै हाल सम्म सरकारको खातामा ७६ करोड ४५ लाख राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए ।

उनले भने, “रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्नु भन्ने मन्त्रीज्यूको आदेशपछि, अहिले क्यासिनो सञ्चालकले धमाधम रोयल्टी तिर्दैछन् करोडौँ रकम जम्मा भएको छ ।” उनका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकहरुले तिर्नुपर्ने जम्मा रकम एक अर्ब ११ करोड ८४ लाख ४७ हजार मात्रै रहेको छ ।

यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौंसम्म पनि नतिर्ने काठमाडौँको दरबारमार्गमा रहेको होटल याक एन्ड यतीको लाइसेन्स खारेज गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ । मन्त्री आलेकै निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालकको तीनपुस्ते विवरणसमेत सार्वजनिक गरेको छ ।

अब छ कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । त्यसमध्ये एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुईवटा होटलमा गरेर १४ करोड बाँकी रहेको र उक्त होटलको बैंक जमानत रहेकाले असुलउपर गर्न समस्या नरहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिए ।

यसैगरी सेन्ट्रल मिडिया प्रालिले १८ करोड ९० लाख, ह्याप्पी आवर प्रालि, होटल याक एन्ड यति (क्यासिनो रोयल), रक इन्टरनेशनल, ओरियन्टल होटल्ससमेत गरी जम्मा एक अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved