झापाको कुकुर बनेपा लगेर उपचार, खर्च एक लाख

  • फाल्गुन ९, २०७८
  • कालापानी मिडिया
alt

झापा । कुकुर झापाको उपचार भने काभ्रेपलाञ्चोकको बनेपामा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । झापाका एक जना पशुप्रेमीले पालेको कुकुरलाई बनेपामा ल्याएर नियमित उपचार गराइरहेका छन् । झापा बिर्तामोडका विनोद बस्नेतले आफूले पालेको कुकुरको उपचार गराउन झापाबाट बनेपा ल्याउने गरेका बताएका छन् ।

सामान्य बिरामी परेमा पशु प्राविधिकसँग फोनबाटै परामर्श लिने गरे पनि पशु अस्पतालमा राखेर उपचार गराउनु परे पहिला पनि बस्नेतले कुकुर काठमाडौं ल्याउने गरेका थिए । नियमित उपचार गराउने पेट केयरको शाखा बनेपामा नै भएकाले केही महिनादेखि भने उनले कुकुरको नियमित स्वास्थ्य परीक्षण बनेपाबाटै गराउन थालेका हुन् ।

घरमा पालेको डोबरम्यान जातिको कुकुर दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट घाइते भएपछि बस्नेतले बनेपा ल्याएका हुन् । उपचार प्रक्रिया आजसम्म जारी छ । ठक्करबाट कुकुरको पछाडिको खुट्टाको हड्डी भाँचिएको थियो । कुकुर घाइते भएपछि बस्नेतले सुरुवाती उपचार झापामै गराएका थिए । झापामा थप उपचार सम्भव नदेखेपछि उनले कुकुरको उपचार गराउन बनेपामा ल्याएका हुन् ।

डुर्नो नामकरण गरिएको कुकुरको खुट्टाको एक्स-रेमा हड्डीको शल्यक्रिया गर्नुपर्ने देखिएपछि अहिले काभ्रेपलाञ्चोकको बनेपामा रहेको बनेपा पेट कियरमा राखेर उउपचार भइरहेको छ । कुकुरको उपचारमा अहिलेसम्म एक लाख रुपियाँभन्दा बढी रकम खर्च भएको बस्नेतले बताए । दुई महिनादेखि निरन्तर अस्पताल भर्ना गराएर उपचार गराउँदा निकै खर्च भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved