नेपालको वैदेशिक व्यापारमा १० खर्बको खाडल

  • फागुन १०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । चालू आर्थिक वर्ष २०७८/०७९ को सात महिनामा आयातभन्दा नेपालले गर्ने बाह्य निर्यात वृद्धिदर दोब्बर बढीले वृद्धि भएको छ। 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात वृद्धिदर ४२.७८ प्रतिशत र निर्यात वृद्धिदर ८८.३० प्रतिशत रहेको छ। यद्यपि निर्यातको तुलनामा आयातको चाप भने धेरै रहेको छ। 

चालू आवको साउन–माघ अवधिमा नेपालले ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजारको वस्तु आयात गरेको छ। गत आवको सोही अवधिमा यस्तो आयात ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख ९२ हजार रुपैयाँ रहेको थियो। 

यता यो ७ महिनामा नेपालले १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ। गत आवको यही अवधिमा नेपालले ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँको मात्रै निर्यात गरेको थियो। 

तथ्यांकअनुसार गत आवको तुलनामा चालू आवमा निर्यात नै ८८.३० प्रतिशतले बढेको देखिएको छ। 

बढ्यो व्यापारघाटा 

उक्त अवधिमा नेपालको व्यापारघाटा समेत ३८.४५ प्रतिशतले बढेको विभागले जनाएको छ। यसअनुसार नेपालको कुल व्यापारघाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रहेको छ। गत आवको यही अवधिमा ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख १२ हजार रुपैयाँ रहेको थियो। 

त्यस्तै नेपालले सात महिनामा १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख ४७ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ। गत आवको यही अवधिमा नेपालको यस्तो व्यापार ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख ७२ हजार रुपैयाँ थियो। यो भनेको गत आवभन्दा यो आवमा वैदेशिक व्यापारमा ४६.४३ प्रतिशतले बढी हो। कुल व्यापारमा निर्यातको हिस्सा १०.२९ रहँदा आयातको हिस्सा ८९.७१ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved