सप्तकोशी बैंक घोटाला प्रकरण : १२ जनाविरुद्ध मुद्दा दर्ता

  • फाल्गुन ११, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचन गरेको आरोपमा बैंकका तत्कालिन सिइओ नविन सुवेदीसहित १२ जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मंगलबार ‘बैकिङ कसुर’ मुद्दामा सुवेदीसहित ९ जना कर्मचारी र तीन जना खातावालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायीधीवक्ता रामहरी शर्मा काफ्ले जानकारी दिए । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार हिमालभट्टराईसहित १२ जना विरुद्ध उच्च अदालतको बाणिज्य इजालमा मुद्दा दर्ता भएको हो ।

सप्तकोशी बैंकको अपचलन भएको १५ करोड ७५ लाख र ५ सय ७५ रुपैयाँ बैंककलाई भराइदिनुपर्ने सोही बरावर प्रतिवादीलाई जरिवना तथा ६ वर्षदेखि ८ वर्षसम्म कैदको सजाय माग दाबी लिएर मुद्दा दायर गरिएको जिल्ला न्यायाधीवक्ता काफ्लले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई, लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर, होम प्रसाद पौडेलसहित फरार रहेकाहरु बैंकका कार्यालय सहयोगी चुडा बहादुर निरौला, बैंकका कार्यालय सहयाक पदबाट राजिना दिएका निश्चल सुवेदी, बैकको कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समिक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खाता वाला बबिता बस्नेत, कमल दाहाल र मनोज भट्टराईलाईललाई मुद्दा भएको छ ।

उच्च अदालत विराटनगरका सुपरिटेन्डेन्ट तथा सूचना अधिकारी ओमराज सुवेदीले बैकिङ कसुरमा मुद्दा दर्ता भएकोले बुधबार इजलाशमा प्रतिवादीको बयान सुरु हुने र बयान सकिए सोही दिन थुनछेक बहस हुने जानकारी दिए ।

बैंकको रकम अपचलन भएका मध्ये तत्कालिन सिइओ सुवेदीले पदीय जिम्मवारी दुरूपयोग गर्दै फुफु दिदी नाता पर्ने झापा दमक नगरपालिका १३ घर भएकी ४३ वर्षीय बविता बस्नेतको खाताबाट फरक–फरक मितिमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रूपैयाँ झिकेर हिनामिना गरेको खुलेको छ ।

अपचलन गरेको रकम मध्ये रेमिट खाताको सन् २०१६ अगस्ट ७ तारिखदेखि बबिता बस्नेतको ९९९०००१५००१५ नं. खाताबाट १४ करोड ५ लाख २१ हजार ३ सय ६५ रुपैयाँ र खर्च खाताबाट सन २०१६ अप्रिल २२ तारिखदेखि १ लाख ७२ हजार ३ सय ७० रुपैयाँ गरि ६ वर्षमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रुपैयाँ अपचलन गरेको मोरङ प्रहरीले अनुसन्धान पुरा गरेपछि सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

घोटला भएको जम्मा रकममध्ये रेमिट शीर्षकबाट १५ करोड ६९ लाख ७७ हजार ९ सय ७७ रुपैयाँ र खर्च शीर्षकबाट ५ लाख ६२ हजार ५ सय ९८ रुपैयाँ अपचलन २०७२ सालदेखि २०७८ मंसिरसम्म गरेको देखिएको छ ।

बैंकबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपलचन भएको रकम बैंकका कर्मचारीसहित ६ जनाको खाताबाट भएको देखिएको छ । सुवेदीको नाता पर्ने बबिता बस्नेत, बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई, अपरेसन प्रमुख अमित थापा मगर, कमल दाहाल, मनोज भट्टराई र चुडा बहादुर निरौलाको नामको खाताबाट रकम अपचलन गरेको देखिएको छ ।

सिइओ सुवेदीको नतामा भान्जा पर्ने हिमाल भट्टराईले विभिन्न मितिमा चार पटक रकम झिकेको देखिएको छ । भट्टाराइले ९९९००००६४४०११ नं. खाताबाट सन् २०२१ ओक्टोबर २६ तारिखमा ७७ लाख ९७ हजार ८ सय ८० रुपैयाँ, २०१८ एप्रिल १ मा १९ लाख ३१ हजार १ सय ६९ र २०१६ मार्च २७ गते ४२ हजार ५ सय रुपैयाँ रेमिट र खर्च खाताबाट रकम झिकेको देखिएको छ ।

यसैगरी कमल दाहाल र मनोज भट्टराईको नामको खाताबाट विभिन्न मितिमा २÷२ पटक रकम झिकेको देखिएको छ । कमल दाहालको रेमिट खाताबाट २०१६ अगस्ट १ तारखिमा २ लाख ६० हजार, २०१६ मार्च ३० तारिखमा खर्च खाताबाट १ लाख १३ हजार ६ ८० रुपैयाँ झिकेका छन् ।

यस्तै मनोज भट्टराईको खाताबाट २०१६ ओक्टोबर ६ तारिखमा रेमिट खाताबाट ३३ लाख ८१ हजार ६३ र खर्च खाताबाट सोही मितिमा १ लाख ९३ हजार ४८ रुपैयाँ अपचलन भएको देखिएको छ ।

बैंकका अपरेसन प्रमुख अमित थापा मगरको रेमिट खाताबाट २०१६ नोबेम्बर ३ तारिखमा ३ लाख ८६ हजार ५ सय रुपैयाँ हिनामिना भएको छ । यस्तै चुडा बहादुर निरौलाखको खर्च खाताबाट २०१६ मार्च २१ तारिखमा ४१ हजार रुपैयाँ झिकेको देखिएको छ ।

प्रदेश १ को ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको सप्तकोशी बैंकको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ । साविकको काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा गएर हाल सप्तकोशी डेभलपमेन्ट बैंक लि. नामबाट बित्तीय कारोबार गरिरहेको यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘ख’ वर्गको बित्तीय संस्था हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved