खाेटाङमा अस्पतालको घडेरी सम्याउँदा स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त

  • फागुन १२, २०७८
  • कालापानी मिडिया
alt

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा अस्पताल बनाउन घडेरी सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त बनेको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार १५ शय्याको अस्पताल बनाउनका लागि घडेरी सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको हो ।

नजिकै अस्पतालका लागि घडेरी बनाउने क्रममा भवनको जग भत्किएपछि प्राथमिक स्वास्थ्य केन्द्रको तीन कोठे भवन कामै नलाग्ने अवस्थामा पुगेको छ । भर्ना भएका बिरामी राख्नका लागि बनाइएको सो भवनको पर्खाल र पेटी भत्किएपछि भवनमुनि भ्वाङ परेको चिसापानीका कार्यबाहक वडाध्यक्ष धनबहादुर राईले बताए ।

स्वास्थ्य केन्द्रको भवनको तीनमध्ये दुई कोठा भासिएको छ । सो भवनलाई हाल पुरानो सामान राख्न, कोभिड-१९ बाट संक्रमित स्वास्थ्यकर्मी राख्ने क्वारेन्टिन लगायतमा उपयोग गरिँदै आइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved