काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको छ । बुधबार तोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सूनको मूल्य बिहीबार एकै दिन २५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै तेजावी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसदिन चाँदीको मूल्य पनि वृद्धि भएर प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
रुसले युक्रेनमाथि युद्धको घोषणा गरेर सैन्य कारबाही सुरु गरेलगत्तै सुनको मूल्यमा भारी वृद्धि भएको विज्ञहरूले बताएका छन् । नेपाल सुनचादी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्यले भौगलिक राजनीतिक विवादको कारणले गर्दा सुनको मूल्यमा उतारचढाव आउने बताए ।
जियो पोलिटिकल टेनसन भयो भने लगानीकर्ता सुरक्षित लगानी गर्न खोज्छ, यो बेला सुनको माग बढी हुने भएकोले मूल्य वृद्धि हुन सुरु भएको होु, शाक्यले भने । अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंसत १९ सय ४२ डलर पुगेकोमा २ हजार डलर सम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved