जिम्बावेविरुद्धको सिरिजले अन्तर्राष्ट्रिय मान्यता नपाउने

  • बैशाख १०, २०७९
  • कालापानी मिडिया
alt

नेपाल र जिम्बावे ए टोलीबीच हुने तीन एकदिवसीय र तीनवटै टी–२० क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय मान्यता नपाउने भएको छ । १७ देखि २६ वैशाखसम्म नेपालले जिम्बावेको टोलीविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै छ । ए लिस्टको मान्यता प्राप्त गर्न दुवै प्रतिस्पर्धा सिनियर टोली नै हुनुपर्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी०को नियममा छ ।

नेपाल एकदिवसीय मान्यताप्राप्त टोली हो । नेपालले प्रतिस्पर्धा गर्न लागेको जिम्बावेली टोली राष्ट्रिय होइन । जिम्बावेको टोली सिनियर नभएका कारणले नै सिरिजले अन्तर्राष्ट्रिय मान्यता प्राप्त नभएको हो । लिस्ट ए र टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त नहुँदा खेलाडीको व्यक्तिगत रेकर्ड जोडिनेछैन । नेपालले आइसिसी विश्वकप लिग २ को तयारीका लागि जिम्बावेको ए टोलीविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

आइसिसीका अनुसार एकदिवसीय र अन्तर्राष्ट्रिय टी– २० को मान्यता पाउन दुवै टोली नै सिनियर हुनुपर्ने उल्लेख छ । यसैबीच जिम्बावे र नेपालले सिरिजका लागि खेलाडी घोषणा गरेका छन् । जिम्बावेले घोषणा गरेको टोलीमा आठजना खेलाडीसँग सिनियर टोलीबाट प्रतिस्पर्धा गरेको अनुभव छ । नेपालले सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपालको टोली
सन्दीप लामिछाने ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशान भारी, पवन सरार्फ, अभिनाश बोहरा, बसिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनील धमला ।

जिम्बावे एको टोली
क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्युक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणि तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर, त्सिग्वागा तफाडजवा ।

खेल तालिका
१७ वैशाख पहिलो एकदिवसीय
१९ वैशाख दोस्रो एकदिवसीय
२१ वैशाख तेस्रो एकदिवसीय
२३ वैशाख पहिलो टी–२०
२४ वैशाख दोस्रो टी–२०
२६ वैशाख तेस्रो टी–२०

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
अमेरिकी डलर र यूरो ...

काठमाडौं । आज २०८१ साल मंसिर १२ गते बुधबार सन् २०२४ नोभेम्बर २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले वि ...

उपनिर्वाचनको पर्यवेक ...

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ वटा संस्थालाई अनुमति दिएको ...

आज तराईमा हुस्सु पहा ...

काठमाडौं । पश्चिमी वायुको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved