चितवनको भरतपुर महानगरको प्रमुखमा ३० जनाको मनोनयन, जगन्नाथ पौडेल उठे कांग्रेसबाट बागी उमेदवार

  • वैशाख १३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको छ ।

कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार प्रमुखमा नेकपा ९एमाले०का विजय सुवेदी, नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट गणेश गिरी, विवेकशील साझा पार्टीबाट प्रवीण काफ्ले, राष्ट्रिय जनमोर्चाबाट भक्तिराम गौतम शर्मा, नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुलाल, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेलिनवादी) बाट सूर्यप्रसाद रेग्मी, मङ्गोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुनमगर, राष्ट्रिय नागरिक पार्टीबाट पूर्णबहादुर गुरुङ, जनमत पार्टीबाट सञ्जयकुमार ठाकुर, मौलिक जरोकिलो पार्टीबाट विनोदकुमार गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मण अधिकारी, उन्नत लोकतन्त्र पार्टीबाट दीपेन्द्र बाँस्तोला, सामाजिक एकता पार्टीबाट खेम प्रसाईँले महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै स्वतन्त्रतर्फ जगन्नाथ पौडेल, रामकृष्ण ओझा, हरिशचन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल, रुद्रप्रसाद सापकोटा, सुमन अधिकारी, योगलाल श्रेष्ठ, उद्धव अर्याल, कुलराज कँडेल, हरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी र दुर्गाप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिमाल गुरुङ, विवेकशील साझाबाट पुष्पा सापकोटा, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी)बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर, मङ्गोल नेशनल अर्गनाइजेशनबाट सुष्मा तामाङ, राप्रपा नेपालबाट कल्पना थापा, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट कौशिला खत्री रहेका छन् । यस्तै स्वतन्त्रबाट उपप्रमुखमा रविचन्द्र अधिकारी, पवित्रा जोशी, चन्द्रबहादुर तामाङ र भोजराज कौडाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved