आईपीएल क्रिकेट : लखनऊ सुपर जाइन्टसले कोलकाता नाइट राइडर्सलाई हरायो

  • वैशाख २५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । इण्डियन प्रिमियर लिग ९आईपीएल० टि–२० क्रिकेटमा लखनऊ सुपर जाइन्टसले कोलकाता नाइट राइडर्सलाई ७५ रनले पराजित गरेको छ।

गएराति पुनेमा भएको खेलमा लखनऊले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाता १०१ रनमै आलआउट भएपछि ७५ रनले पराजित भएको हो।

पहिले ब्याटिङ गरेको लखनऊले ७ विकेटको क्षतिमा अलआउट हुँदा १७६ रन बनाएको थियो। जितसँगै लखनऊ शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताका आन्द्रे रसेलले ४५ र नारिनेले २२ रन जोडे। आरोनफिन्च १४ रनमा आउट भए। लखनउका आभेश खान र जासन होल्डरले ३्३ विकेट लिए।

लखनऊका क्विन्टन डी ककले ५० रनको अर्धशतकीय इनिङ खेले। दिपक होडाले ४१ रन जोड्दा मार्कुस स्टोनिसले २८ रन बनाए। कुर्नाल पाण्ड्या २५ रनमा आउट भए।

कोलकाताकाआन्द्रे रसेलले २ विकेट लिए। जितसँगै लखनऊ ११ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। कोलकाता ११ खेलमा ८ अंकसहित आठौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved