महेन्द्रनगर । कामका लागि विदेश गएका कञ्चनपुरका एक युवक आफ्नै कोठामा मृत भेटिएका छन् ।
रोजगारीको लागि दुबई गएका बेदकोट नगरपालिका–४ बिजयनगर बगुनका २२ वर्षीय खड्क साउँद मृत अवस्थामा भेटिएको बेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्दले जानकारी दिए ।
‘हिजो आफ्नै कोठामा झुण्डिएको अवस्थामा शव भेटिएको भन्ने खबर परिवारलाई भएको चन्दले जानकारी दिएका हुन् ।
मेयर चन्दले दुवईमा रहेका नेपालीहरुलाई आवश्यक सहयोगका लागि समेत अनुरोध गरेका छन् ।
मृतक साउँद दुई महिना अघि दुबई गएका थिए । गत असोजमा उनले बिबाह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved