सुदूरपश्चिमका हजारौ मतदाता मतको प्रयोग गर्नबाट वञ्चित

  • वैशाख २९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सुदूरपश्चिममा १६ लाखभन्दा बढी मतदाता छन्। यिनै मतदाताले आगामी नेतृत्वका लागि जनप्रतिनिधि चुन्नेछन्। तर स्थानीय तह निर्वाचनमा ठूलो जनसंख्या मतदान गर्नबाट वञ्चित हुने देखिएको छ। झण्डै ७ लाखको हाराहारीमा भारतका विभिन्न सहर र २ लाख २६ हजार वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न मुलुक पुगेकाहरुले आफ्नो मतको प्रयोग गर्न नपाउने भएका हुन्।

हरेक नागरिकलाई मताधिकारको अधिकार भएपनि वैदेशिक रोजगारीमा जानेहरुका लागि ऐन र कार्यविधि नभएका कारण समस्या भएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमका प्रमुख मोहनदेव जोशीले बताए। यस्तै मतदानको क्रममा खटिने कर्मचारी, सुरक्षाकर्मी र निजामति कर्मचारी, अन्य जिल्लामा कार्यरत संचारकर्मीले समेत गरी हजारौँ मतदान गर्नबाट बञ्चित हुने देखिएको छ।

सोही कारण स्थानीय तहको निर्वाचनमा शतप्रतिशत मतदाता उपस्थित हुन्छन् भन्ने बलियो आधार समेत छैन। सरकारले सबै नागरिकलाई मताधिकार प्रयोगको व्यवस्था गर्न अझै सकेको छैन। स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नबाट लाखौँको संख्यामा मतदाता वञ्चित हुनु लोकतन्त्रको लागि राम्रो सन्देश नभएको सरोकारवालाहरुको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved