हेटौडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि मतदान गरेका छन् । थापाले हेटौंडा उपमहानगरपालिका-६ स्थित बंशगोपाल उच्च माबीमा रहेको मतदान केन्द्र क बाट मतदान गरेका हुन् ।
उनले आफ्नै घर आँगनमा आफ्नै हातले आफ्नो सरकार बनाउने महान प्रजातान्त्रिक अभ्यासमा सहभागी हुन पाउँदा हर्ष र गौरवको अनुभूति भएको बताएका छन् । उनले संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनले प्रजातन्त्रलाई सुदृढ र संस्थागत गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved