कञ्चनपुर । कञ्चनपुरका नौवटै पालिकामा रहेका मतदान केन्द्रमा मतदान जारी रहेको छ। मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँका ३४१ वटै मतदान केन्द्रमा मतदान जारी रहेको बताए ।
मतदानस्थलभित्र र बाहिर सुरक्षा निकायले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन सुरक्षामा विशेष ध्यान दिएका छन् । जिल्लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्रीद्वय रमेश लेखक, एनपी साउँद, नेकपा (माओवादी केन्द्र)की नेत्री एवं पूर्वमन्त्री विना मगर सहित यहाँका तीन निर्वाचन क्षेत्रबाट निर्वाचन सांसदले आ-आफ्नो मतदान केन्द्रबाट मतदान गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved