त्रियोगका कपिल भए उपत्यकाव्यापी विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता च्याम्पियन

  • फाल्गुन ११, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं। श्रमशील विद्यापीठ नेपालद्वारा आयोजित प्रथम श्रमशील उपत्यकाव्यापी विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगितामा त्रियोग हाईस्कुलका कपिल घिमिरे च्याम्पियन भएका छन । दोस्रो स्थान पुष्पसदन बोर्डिङ स्कुलका आयुश रिजाल भए भने तेस्रो स्थान अक्षरा स्कुलका रोशन कुमार महतो र चौथो स्थान करियर बिल्डीङ्ग इन्टरनेशनल एकेडेमीका असिम गिरी भएका छन्।

प्रथम, द्वितिय, तृतिय र चौथो हुने बिद्यालयहरुले क्रमश रु. पन्ध्र, दश, पाँचर दुई हजारका साथै ट्रफि प्राप्त गरेका छन् । प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिका वार्ड न. ८ का अध्यक्ष श्रीकृष्ण चापागाँईले चेस प्रतियोगीतालाई हरेक विद्यालयमा लागू गर्न सकेको खण्डमा बिद्यार्थीहरुको सर्वाङ्गीण विकासमा टेवा पुग्ने बताए। चेस एशोसिएशनका कोषाध्यक्ष ज्ञानेन्द्र मर्हजनले चेस खेलको विकासको लागि चेस एशोसिएशन दिनरात लागिपर्ने बताए।

कार्यक्रमका सभापति तथा प्रतियोगिता आयोजक बिद्यालयका संस्थापक अध्यक्ष कमल प्रसाद दाहालले अन्तर विद्यालय स्तरीय चेस प्रतियोगितालाई बिद्यालयले बार्षिक कार्यक्रमका रुपमा संचालन गर्ने बताए। कार्यक्रममा कागेश्वरी मनोहरा प्याब्सनका अध्यक्ष श्रीराम दाहाल ,प्रज्ञा पब्लिकेशनका अध्यक्ष दीर्घराज मिश्र , बिद्यालयका र्निदेशक ऋषिकेश भट्टराई तथा विद्यालयका प्रिन्सिपल विजया दाहालले चेस खेलको विषयमा आ–आफ्नो धारणा राखेका थिए । उक्त प्रतियोगितामा उपत्यकाभित्रका ३९ विद्यालयका ७९ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved