विराटनगर । विराटनगर महानगरपालिकाको मतगणना स्थल विराटनगर(७ स्थित आदर्श माविको प्राङ्गणमा मच्छड मार्ने औषधि छर्किइएको छ ।
शुक्रबार सबै मतदान केन्द्रबाट मतपेटिका आइपुग्ने र मतगणनाको प्रक्रिया सुरु गरिने भएकोले गणनास्थलमा मच्छडले नटोकोस् भनेर औषधि छर्किइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विराटनगर महानगरपालिकाका १९ वटै वडामा अहिले शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । केही मतदान केन्द्रमा भने लाइन लागिसकेका मतदान गर्न बाँकी रहेकोले उनीहरुले मतदान सम्पन्न गरेपछि मतपेटिका ल्याइने जनाइएको छ ।
मतगणना स्थलमा गणनामा खटिने कर्मचारीहरुसहित सुरक्षाकर्मी, दलका प्रतिनिधिहरुलाई मच्छडले नटोकोस् भनेर औषधि छर्किएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए । महानगरपालिकामा २९ वटा मतदान स्थलमा १२९ मतदान केन्द्र रहेका छन् । कुल मतदाता १ लाख ३३ हजार १४२ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved