मकवानपुरमा मतगणना सुरु, गठबन्धनको अग्रता

  • बैशाख ३१, २०७९
  • कालापानी मिडिया
alt

मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को मत गणना कार्य सुरू गरिएको छ । जिल्लाको भिमफेदी र मनहरी गाउँपालिकाहरूमा बिहान ६ बजेसम्मको नतिजामा गठबन्धनले अग्रता लिएको छ ।

भिमफेदी गाउँपालिकामा ८ सय ११ मत गणना गर्दा गठबन्धनको अध्यक्ष ४०५, उपाध्यक्ष ४११ र नेकपा एमाले अध्यक्ष ३१५ उपाध्यक्ष ३०५ मत पाएका छन् । यसैगरी मनहरी गाउँपालिकामा गठबन्धन १४२ र एमाले ६४ मत पाएको छ ।

बागमती गाउंपालिका,मकवानपुरगढी गाउँपालिका,थाहा नगरपालिकालगायतमा भने ६ बजेपछिबाट मतगणनाको कार्य सुरू गदिदै छ । मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठकाअनुसार हेटौंडा उपमहानगरपालिकाको मतगणनाको कार्य उम्मेदवारबीचको सहमतिपछि आज ७ बजेपछिमात्रै गणनाकार्य सुरु हुने छ ।

हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाको मतगणनाका लागि हेटौंडाको सिद्दार्थ माबिमा ४ वटा कोठा तयार पारिएको छ। हेटौंडाको १, २, १८, १९ नम्बर वडाको एकसाथ सुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । सतर्कताका साथ मतगणना गरिने र सुरुमा केही सुस्त भए पनि कुनै किसिमको समस्या नहोस् भनी गणना गरिने श्रेष्ठको भनाइ छ ।

मतगणनामा खटिने गणकहरु क्रमशः अभ्यस्त हुँदै जाँदा मतगणनाको कार्य छिटो हुने श्रेष्ठले बताए । मकवानपुरमा जिल्लामा ७० प्रतिशत मतदान भएको थियो । मतगणना स्थललाई सुरक्षित बनाउन सिसि क्यामरा र तालजालीको ब्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved