बुटवल उपमहानगरपालिकामा गएराति १२ बजेदेखि भएको मतगणनामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार बुटवलको वडा नं १ मा कांग्रेसले अग्रता लिएको हो । उक्त वडामा कांग्रेस उम्मेदवार खेलराज पाण्डेले ७३ मत पाउँदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले ४५ र नेकपा एमालेका बाबुराम भटराईले ३३ मत पाएका छन् । अहिलेसम्म उक्त वडाको २०० मत गणना भएको छ ।
वडा नं १ मा वडाध्यक्ष पदमा भने पुतली चिन्ह लिएका स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ । पुतली चिन्हले ७० मत प्राप्त गरेको छ । वडा अध्यक्ष पदमा एमालेले ५६ मत पाएर दोश्रो हुँदा कांग्रेस ३४ मत पाएर तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved