भोट नदिएको भन्दै म्याग्दीमा कुटपिट, आठ जना घाइते

  • वैशाख ३१, २०७९
  • कालापानी मिडिया
alt

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा गएराती भएको कुटपिटबाट आठ जना घाइते भएका छन्।

निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले समर्थक युवाहरुले नेपाली कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ।

मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै पोखराबाट आएकाको नेतृत्वमा कुटपिट गर्दा स्थानीय झग छन्त्याल, रस्मी छन्त्याल, खिम छन्त्याल, सनम छन्त्याल, द मति छन्त्याल, बालकुमारी छन्त्याल, दिलकुमारी छन्त्याल र खिमसरा छन्त्याल लगायत घाइते भएको वडा अध्यक्षका प्रत्यासी अमर छन्त्यालले बताए। ‘मलाई कुटपिट गर्न खोज्दै आएको अवस्थामा उहाँहरूलाई कुटिएको छ’, उनले भने, ‘हामीले प्रहरीलाई जानकारी गराइसकेका छौँ।’

उनका अनुसार घटनामा नेकपा एमालेका समर्थकहरूले आफ्नो पक्षमा भोट नदिएको भन्दै केही पुरुष समेत कुटपिट गरेका थिए। मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको अवस्थामा मध्यरातमा अराजकता देखाइएको भन्दै महिला र गाउँलेलाई कुटपिट गर्ने विरुद्ध किटानी जाहेरी समेत दिने बताए।

कुटपिटबाट घाइते भएकी झग छन्त्यालका अनुसार महिलाहरूलाई समेत हातपात गरेपछि गाउँ नै आतंकित भएको छ।

‘निर्घात कुटपिट गरेका छन्,‘सम्झाउन जानेलाई समेत कुटे, हामीले सबै घटनाका बारेमा प्रहरीलाई भनिसकेका छौँ’, उनले भने। उनले दोषीलाई कारबाही गर्न माग गरेका छन्। कुटपिटबाट घाइते भएकाको स्वास्थ्य चौकीमा उपचार गरिएको थियो। घटनाका बारेमा कुटपिटको आरोप लगाइएको नेकपा एमाले वडा कमिटीले भने कुनै प्रतिक्रिया दिएको छैन।

यता जिल्ला प्रहरी कार्यालयले शनिबार बिहानसम्म पीडित पक्षले प्रहरीमा उजुरी नदिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved